• १६ भदौ २०८१, आइतबार

अपाङ्गता भएकालाई सहायता सामग्री

blog

अपाङ्गता भएकालाई सामग्री वितरण गरिदै । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, भदौ १० गते । पुतलीबजार नगरपालिका–१ स्याङ्जामा अपाङ्गता भएका २३ जनालाई सहायता सामग्री उपलब्ध गराइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाको समन्वयमा सामग्री उपलब्ध गराइएको हो ।

सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीले सामग्री पुतलीबजार, भिरकोट, वालिङ र बिरुवा गाउँपालिकाका अपाङ्गतालाई सहायता सामग्री उपलब्ध गराएको बताउनुभयो । 

अपाङ्गता भएका व्यक्तिको माग बमोजिम ह्विलचियर ११ वटा, सहयोगी लौरी पाँच वटा, बैसाखी तीन, सेतो छडी पाँच वटा, कम्बोट चियर तीन वटा, बेल्ट सात वटा, रेडियो तीन वटा, डेजी प्लेयर एक वटा उपलब्ध गराएको रेग्मीले बताउनुभयो । 

अपाङ्गता भएका व्यक्तिका आवश्यकता पहिचान गरेर सामग्रीको सही सदुपयोगसहित वितरण कार्यलाई स्थानीय तहसम्म केन्द्रित गर्ने लक्ष्य कार्यालयको रहेको रेग्मीले भन्नुभयो । सामग्री अझै रहेको बताउँदै रेग्मीले गल्याङ, चापाकोट र कालीगण्डकीका अपाङ्गता भएकालाई उपलब्ध गराउने बताउनुभयो ।