• १६ भदौ २०८१, आइतबार

धनकुटामा गाईजात्रा (फोटो फिचर)

blog

गाईजात्राको अवसरमा धनकुटामा देखिएको रौनाक । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे  
हिले, भदौ ४ गते । 
धनकुटामा मङ्गलबार गाईजात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा धनकुटामा पनि मनाइएको हो ।

एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी बजार परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । धनकुटाका नेवारी समुदायले पनि एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई र मानिसलाई गाईका रूपमा सिँगारी धनकुटा बजार परिक्रमा गराएका हुन् ।

राजा प्रताप मल्लले पुत्रशोकले भाव विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएपछि गाईजात्राको चलन सुरु भएको मानिन्छ । गाईजात्राले मात्रै रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यायामात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको विश्वास गरिन्छ ।