टर्की, साउन २६ गते । टर्कीको राजधानी अंकारामा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
अंकारा–एस्किसेहिर राजमार्गको पोलाटली जिल्लामा रहेको ओभरपासको पोलमा बस ठोक्किएको अंकाराका प्रान्तीय गभर्नर वासिप साहिनले बताउनुभयो । ब्रेक मार्क नभएको र चालक निदाएका कारण दुर्घटना हुनसक्ने आशङ्का गरिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
दुर्घटना भएको रुटमा सवारी आवागमन बन्द गरिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल