• १२ पुस २०८१, शुक्रबार

दुर्घटनापछि आफन्तद्वारा सडक अवरुद्ध

blog

घोराही–तुलसीपुर सडक खण्डको सौडिकुलामा सडक अवरुद्ध गर्न बसेका मृतकका आफन्तहरु । तस्बिर: लीलाधर वली

लिलाधर वली

घोराही, साउन २० गते । दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० सौरीकुलामा शनिवार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको  हो । दुर्घटनामा गम्भीर घाइते बस्नेको उपचारका क्रममा राती राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ । 

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बस्नेतको मृत्यु भएको हो । मृत्युपछि दोषीलाई कारबाही र पीडितलाई कारबाहीको माग गर्दै पीडितका आफन्तहरूले घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका छन् । 

जसका कारण घोराही–तुलसीपुर सडक खण्डमा सवारी साधन चल्न सकेको छैन । प्रहरीले पश्चिम नवलपरासी निवासी टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर घट्ना बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।