• १२ पुस २०८१, शुक्रबार

दुई प्रस्ताव सर्वसम्मतिले स्वीकृत

blog

काठमाडौँ, साउन १४ गते । राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि बिचारियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । 

प्रस्ताव स्वीकृति भएसँगै सभामुख देवराज घिमिरेले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि संशोधन हाल्न चाहनुहुने माननीयले प्रतिनिधि सभा नियमावली २०७९ को नियम एक सय १२ बमोजिम ७२ घण्टाभित्र आफूले पेस गर्न चाहेको संशोधनको सूचना विधेयक शाखा प्रतिनिधि सभाको संशोधन दिन सक्नुहुने छ’ भन्नुभयो । 

राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । रासस