गुरुको निर्देशन भनेको मानवताको पहिचान दिएर मानव भएर जिउन सिकाउनु हो । जसको गुरु छैन र जसले गुरुको आज्ञा मान्दैन उसको मार्ग भड्किन सक्छ, अड्किन सक्छ र द्विविधाको जीवन बाँच्न बाध्य हुने छ ।
शिष्यलाई जीवनमा समालिने कला दिने दिव्य चेतना नै गुरु हुन् । गुरु व्यक्ति र संस्था मात्र नभएर सम्बुद्ध चेतनासँग साक्षात्कार भइसकेको दिव्यता हो । कुनै वस्त्र र मन्त्र धारण गर्दैमा, कुनै संस्था खोलेर प्रवचन दिएर हिँड्दैमा गुरु बनिने छोटो मार्ग कुनै इतिहासमा छैन । गुरु आन्तरिक साधनाबाट निखारिएर औँसीको रातमा चम्किने चन्द्रमा हो । घना औँसीको रातमा पनि चन्द्रमा बनेर प्रकाशको आभास दिने गुरुले जीवनका सबै अन्धकाररूपी मार्ग छिचोल्दै स्वयम्मा समालिन मद्दत गर्छन् । संसारमा भएका सबै धर्म, गुरु र चेलाको सम्बन्धलाई एउटा महाकाव्यका रूपमा हेर्न सकिन्छ । यसलाई थोरै मात्र ख्याल गर्न सक्यो भने पनि हामी थाहा पाउँछौँ कि असार पूर्णिमाको चन्द्रमा बादलले घेरिएको आकाशमाथि हुन्छ, प्रस्ट देख्न सकिन्न ।
किन खुला आकाश देखिने शरद्को पूर्णिमालाई गुरुपूर्णिमा नमानेको होला ? यसमा पक्कै गहिरो रहस्य लुकेको हुनु पर्छ । असार पूर्णिमाको चन्द्रमालाई बादलले घेरेको जस्तै शिष्यले गुरुलाई घेरेर गुरु बिचमा चन्द्रमा र शिष्य वरिपरि बादलका रूपमा प्रस्तुत गरेको हुनु पर्छ । गुरुपूर्णिमा र शिष्य, असार अनि दुवैको मिलन यसतर्फ पनि यसको इशारा हुन सक्छ । बादलबिना बर्सात, सूर्यबिना बिहानी सम्भव नभए जस्तै सद्गुरुबिनाको जीवन पनि सम्भव छैन । धेरैलाई अपत्यारिलो लाग्न सक्छ गुरु हुनै पर्ने जरुरत छ र ? हो यो प्रश्न, मानिसमा अनुशासन हुनै पर्ने जरुरत छ र ? भने जस्तै प्रश्न हो । खुसी हुनु पर्छ ? जीवनलाई सार्थक बनाउनु पर्छ ? जीवन धन्यताका साथ बाँच्नु पर्छ ? ध्यान, समाधि, सुमिरन जरुरत छ ? भने जस्तै हो ।
गुरुपूर्णिमा प्रत्येक मनुष्यको जीवनमा एउटा उत्सवको क्षण हो । सूर्य छ, चन्द्रमा छ, फूलका लालिमाले सुगन्ध छरिरहेको छ, बादल । बर्सात छ, औँसीको रातमा पनि हरियाली छाइरहेको अनुभूति छ, गोविन्द आफ्नो लिला चलाइरहेको छ । यही नै गुरुपूर्णिमाको महìव हो । सृष्टिका सबै प्राणीमा सबै खाले सम्बन्ध सबैसँग हुन्छ तर गुरु शिष्यको सम्बन्ध केवल मनुष्यमा मात्र हुन्छ त्यसैले यो अवसर आफ्नो जीवनमा जसले गुमाउँछ उसले समालिएर जिउन पाउँदैन । मानिस एक्लै उठ्छ, जाग्छ, निदाउँछ, भड्किन्छ, उत्तेजित हुन्छ या त वितृष्णामा पुग्छ तर जब उसको साथमा जीवन्त गुरु छ भने सन्तुलनको जीवन बाँच्न उसलाई सहज हुन्छ । जोसँग श्रद्धा भाव हुन्छ, उसले नै सद्गुरु भेट्छ सबैको वशको विषय पनि होइन, गुरु भेट्ने र सद्गुरुको पहिचान गर्ने । चाहनाले मात्र गुरु भेटिन्न त्यो त वर्षौंको साधना, भक्तिभाव, प्रेमभाव र सद्भावको प्रतिफल हो गुरु भेट्नु र गुरुसँग टिक्नु । सहज छैन शिष्य बन्न किनकि सारा अहङ्कार गुरुमा समर्पित गरिदिएर खाली हुन जो पायो त्यसको क्षमताको कुरा होइन ।
सनातन धर्ममा देवतासम्म पु¥याउने गुरुको महिमालाई आत्मसात् गर्दै आइएको छ । त्यसैले त सन्त कविरले भनेका थिए– ‘सब धरती कागज करुं, लिखनी सब बन राय । सात समुद्र की मसि करुं, गुरु गुण लिखा न जाया ।।’ यो सबै धर्तीलाई कागज मानेर, सात समुद्रलाई मसी माने पनि गुरुको गुण र महìवलाई वर्णन गर्न सकिन्न । त्यसैले भन्न सकिन्छ गुरु त्यो दिव्य चेतना हो, जसलाई केवल अनुभूतिमा उतार्न सकिन्छ उसको सानिध्यमा रहेर गरेको साधना विधिबाट ।
मूल ध्यान गुरु रूप है, मूल पूजा गुरु पांव ।
मूल नाम गुरु वचन है, मूल सत्य सतभाव ।।
गुरु व्यक्ति होइन, धर्म होइन, शास्त्र होइन । गुरु ध्यानको मूल रूप हो, पूजाको मूल रूप गुरु चरणको आराधना हो । मूल नाम गुरुको वचन हो, मूल सत्यलाई साक्षात्कार गर्दै सत्यको जिज्ञासा राख्ने मध्यम नै गुरु हो ।
गुरु बिन ज्ञान न उपजै,
गुरु बिन मिलै न मोष ।
गुरु बिन लखै न सत्य को,
गुरु बिन मिटै न दोष ।।
गुरुबिना ज्ञान सम्भव छैन, मोक्ष सम्भव छैन, सत्यको साक्षात्कार सम्भव छैन र गुरुबिना हाम्रो दोष मेटाउनेवाला पनि कोही छैन । गुरुको आज्ञा मान्नुको तात्पर्य हो जीवनलाई अनुशासित बनाउँदै, प्रेमल, भक्तिभाव, करुणा भाव र श्रद्धाभावमा जिउनु हो । गुरुले कुनै कठिन मार्ग सिकाएको हुँदैन, हरेक साधना पद्धतिको उद्देश्य सरल, सहज, प्रेमल, शान्ति, प्रिती र उमङ्गमा जिउन सिकाउने हो ।
गुरु शरणगति छाडि के,
करै भरोसा और ।
सुख सम्पत्तिको कह चली,
नहीं नरक में ठौर ।।
गुरुको निर्देशन भनेको मानवताको पहिचान दिएर मानव भएर जिउन सिकाउनु हो । जसको गुरु छैन र जसले गुरुको आज्ञा मान्दैन उसको मार्ग भड्किन सक्छ, अड्किन सक्छ र द्विविधाको जीवन बाँच्न बाध्य हुने छ । गुरु सहारा हो, भरोसा हो, विश्वास हो अनि स्वाभिमानको प्रतीक हो । जसको गुरु छ त्यो शिष्यले गुरुको
यही जीवनशैलीबाट आफ्नो जीवनको सन्तुलनता कायम गरेको हुन्छ ।
समर्थ गुरु सिद्धार्थ औलिया भन्नुहुन्छ, बजारमा भेषधारी गुरुले दिने वाचक ज्ञानले नगद अनुभूतिमा लैजान्न । वाचक ज्ञानले संसारको व्यापारलाई मात्र मद्दत गर्न सक्छ । सनातन धर्मलाई अघि बढाउने सद्गुरुको पहिचान गरी गुरु शिष्यको सम्बन्धमा संसार र अध्यात्मलाई स्न्तुतित गर्ने व्यक्ति नै विवेकशील व्यक्ति हो । गुरु आफ्ना शिष्यलाई उसको जीवनमा आउने हरेक चुनौतीलाई सामना गर्ने साधना दिन्छ, सामथ्र्य दिन्छ, भरोसा दिन्छ र विश्वास दिन्छ ।
पूरा गुरु, सद्गुरु, ओमकारको दीक्षा दिएर जीवनलाई धन्य बनाउने गुरुको सानिध्य पाउनु सौभाग्यको कुरा हो ।
अध्यात्मको मन्जिलमा पु¥याउने, धर्म र स्वभावलाई सनातनसँग जोड्ने चैतन्य नै गुरु हो ।
त्यसैले त भनिएको छ –
गुरु समान दाता नहीं,
याचक सीष समान ।
तीन लोक की सम्पदा,
सो गुरु दिन्ही दान ।।
जीवनका लागि आवश्यक रहस्यात्मक कुंजी केवल गुरुले दिन सक्छन् । गुरु भएर के हुन्छ भनेर प्रश्न र तर्क गर्नेलाई केवल भन्न सकिन्छ– जीवनमा गुरु नभएर के भएको छ ? जो गुरुको हुन सकेन ऊ कसको हुन सक्छ ? अर्थात् जो मनुष्य जन्मजात दिव्य चेतनासँग जोडिएर आएको छ जीवनमा गुरु र अध्यात्मको ज्ञान छैन भने उसको जीवन निरस र वितृष्णाको नभएर के हुन्छ त ?
वर्षौं वर्ष तर्क र प्रश्नको माध्यमबाट, अनुसन्धान र अनुष्ठानबाट जीवनको अर्थ र शाश्वतता जान्न खोज्नेलाई गुरुले क्षणभरमा जीवन रहस्य र गुह्य रहस्य बताइदिएको हुन्छ । निराकरपूर्ति जागृत हुने कला र साधना, योग र भोगलाई सन्तुलनमा राख्ने कला र साधना, सही र सत्यताको मार्गमा लाग्ने कला गुरुले बताइदिन्छन् । थोरै मात्र समझ र जीवनको सार्थकता बुझ्नेले गुरुलाई आफ्नो जीवन आधार बनाएको हुन्छ । उसकै स्मृतिमा संसारका हरेक कर्मलाई कर्मयोगसँग जोडेर, अपेक्षारहित भएर सुन्दर ढङ्गले स्वीकारको जीवन बाँचेको हुन्छ । जो निगुरा छ उसले जीवनलाई सङ्घर्ष र कथामा सीमित गरेको हुन्छ । सकारात्मकभन्दा नकारात्मक कथा उसका विषयवस्तु बन्न पुग्छन् ।
गुरुब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।।
ब्रह्मा स्वरूप गुरु नै विष्णुको रूपमा पनि हुनुहुन्छ । भगवान् शङ्करको रूपमा पनि गुरु हुनुहुन्छ । गुरु सक्षात् परब्रह्म हुनुहुन्छ । त्यसैले गुरुप्रति बार बार श्रद्धा र भक्ति जागृत हुन्छ । शिष्यका दुष्प्रवृत्ति र दुर्गुणको नाश गर्न गुरुको सहायता चाहिन्छ ।