• १६ भदौ २०८१, आइतबार

शैक्षिक उन्नयन, सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउने प्रा.डा. महर्जनको एजेन्डा

blog

नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रा.डा. शिवशरण महर्जन धारणा राख्नुहुँदै

कीर्तिपुर, वैशाख २० गते । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख पदको लागि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले शैक्षिक उन्नयन, सुशासन, भ्रष्टाचारमुक्त वातावरण, नागरिकको जनजीविकाको विकास, स्वास्थ्य, विकास निर्माण र रोजगारीको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

कीर्तिपुर नगरपालिकाको इटागाेल (यतुगः) वडा नम्बर ७ को सम्पर्क कार्यालय उद्घाटन तथा परिचयात्मक कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको थियो ।

वि.सं. २०५५ सालमा तत्कालीन नेकपा (माओवादी)काे विशेष उपत्यका ब्युराेकाे बैठक पार्टीका अध्यक्ष पुष्षकमल दाहाल 'प्रचण्ड'सहितका शीर्ष नेताहरू इटागाेलमा एकहप्ता बसेकाले पनि यस टाेल (माओवादी) पार्टीकाे लागि विशेष महत्वकाे छ ।

भौतिक रुपमा विकास बजेट भएपछि जोकोहीले गर्न सकिने धारणा व्यक्त गर्नुहुँदै उहाँले सामाजिक आर्थिक रुपमा कीर्तिपुर र कीर्तिपुरसीको विकास गर्ने एजेन्डा रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका केन्द्रीय शिक्षा विभागका प्रमुखसमेत हुनुभएका प्रा.डा. महर्जनले सेवानिवृत्त जीवन बिताइरहेका कारण प्रमुखमा विजय हासिल गरेपछि आफ्नो पारिश्रमिक तथा तलब सामाजिक सेवामा नै समर्पित गर्ने घोषणा पनि सो कार्यक्रममा गर्नुभयो ।

कीर्तिपुर क्षेत्रमा विभिन्न सामाजिक, शैक्षिक, सहकारी, यातायात, खानेपानी, सामाजिक कार्यहरुमा उहाँको महत्वपूर्ण योगदान छ ।

यस्तै, उपप्रमुख पदका उम्मेदवार सुशीला बस्नेतले विगतका असफलताबाट पाठ सिक्दै महिलाकाे अधिकार सुनिश्चित गर्दै कीर्तिपुर नगर र नगरबासीको भाग्य र भविष्य बदल्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार रामचन्द्र डङ्गोलले सङ्घीयताको मर्म अनुसार स्थानीय तहको व्यवस्थापन व अक्षरशः क्रियान्वयनको लागि चुनावमा उठेको बताउनुभयो ।

साे पार्टीबाट महिला उम्मेदवारमा सृजना धमला, सदस्यद्वय कविर वीर महर्जन र अनिल महर्जन चुनावी मैदानमा हुनुहुन्छ ।

साे कार्यक्रममा नेपाली काँग्रेसबाट विजयी हुनुभएका वडा सदस्य राजकुमार महर्जन र ज्येष्ठ नागरिक तथा थकाली हरिकृष्ण महर्जनलाई सम्मान गरिएकाे थियाे ।