• १३ असार २०८१, बिहिबार

नेपाल र जिम्बावेबीचको दोस्रो खेल नतिजाविहन

blog

काठमाडौँ, वैशाख १९ गते । नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको दोस्रो टी–२० खेल नतिजाविहिन सकिएको छ । सोमबार दिउँसो लगातार बर्षाका कारण खेल बीचमै स्थगित भएको हो । खेल वर्षाले खेल रोकिनु अघि जिम्बावेले ब्याटिङ गरिरहेको थियो । जिम्बावेले ४.३ ओभरमा दुई विकेटको क्षतिमा ४८ रन बनाउँदा खेल रोकिएको हो । यसअघि आइतबार भएको पहिलो खेलमा नेपाल पाहुना टोली जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।

नेपालले तेस्रो तथा अन्तिम टी–२० खेल बुधबार जिम्बावेसँग खेल्नेछ । त्यसपछि नेपालले जिम्बावेसँगै २३, २४ र २६ गते एकदिवसीय सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँग त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बावेसँग सिरिज खेलेको हो । 

लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ । नेपालसहित ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी) गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।