• ९ मंसिर २०८१, आइतबार

विपस्ना केन्द्र परिसरमा वृक्षरोपण

blog

बिन्दु थापा 

पाल्पा, असार ३० गते । मखनटोल विकास संस्था तानसेन पाल्पाको आयोजनामा तानसेन नगरपालिका–८ मदनपोखरा शिखरडाँडामा वृक्षरोपण गरिएको छ ।

तानसेनलाई सुन्दर हरियाली स्वच्छ बनाउने उद्देश्यसाथ मखनटोल संस्थाले विभिन्न ठाउँमा वृक्षरोपण गर्दैआएको छ । तानसेन ८ मदनपोखरा शिखरडाँडाको तानसेन विपस्ना केन्द्र वरिपरि एकसय ३२ बिरुवा लगाइएको मखनटोल विकास संस्थाका अध्यक्ष ज्ञानु कार्कीले बताउनुभयो । 

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाका महत्वपूर्ण स्थान र पर्यटकीयस्थललाई हराभरा बनाउँदै पर्यटन क्षेत्रमा सहयोग गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । श्रेष्ठले तानसेन विपस्ना केन्द्रलाई हरियाली बनाउने उद्देश्यले बिरुवा रोपिएकाले यसलाई संरक्षण गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा तानसेन –४ का वडा अध्यक्ष हेमन्तराज शाक्य, वडा ८ का वडा अध्यक्ष सोमनाथ अर्याल, तानसेन विपस्ना केन्द्रका संस्थापक गोपालप्रसाद पोखरेल, केयर सिङ, मदनलाल बज्राचार्य लगायतले पछिल्लो समय मानिसलाई सहरको कोलाहल, कामको तनाव भुलाउने महत्वपूर्ण केन्द्र विपस्ना केन्द्रमा वृक्षरोपण गर्नु उदाहरणीय काम भएको बताउनुभयो । 

स्थानीय बुद्धिजीवी, समाजसेवी, मखनटोल विकास संस्थाका पदाधिकारीको उपस्थितिमा तेजपत्ता, कटहर, असारे फूल, कपुर, कल्की, धुपिसल्ला, विभिन्न प्रकारका फूल रोपिएको छ ।