• १३ साउन २०८१, आइतबार

बेपत्ता यात्रुको उद्धारलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीको आग्रह

blog

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल। तस्बिरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असार २८ गते। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान पहिरोले बस बगाउँदा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले बेपत्ता यात्रुहरूको खोजी एवं उद्धारलाई प्रभावकारी बनाउन गृह प्रशासनलगायतका निकायलाई अनुरोध  गर्नुभएको छ। 

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतका सबै निकायलाई समेत उहाँले बेपत्ता यात्रुको खोजी एवं प्रभावकारी उद्धारका लागि निर्देशन दिनुभएको छ।

साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपत् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि प्रदेश सरकार, सङ्घीय र स्थानीय सरकारलाई अपिल गर्नुभएको छ।