• १२ साउन २०८१, शनिबार

गण्डकी प्रदेशमा ५० प्रतिशत रोपाइँ

blog

सन्तोष सुवेदी

कास्की, असार २८ गते । गण्डकी प्रदेशमा करिब ५० प्रतिशत रोपाइँ भएको छ । केही दिनयता मनसुन सक्रिय भएसँगै किसानहरु रोपाइँमा व्यस्त छन्।

प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा बढी कास्कीमा ६ हजार ९ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा ४ सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका केही जिल्लाहरुमा अधिकांश क्षेत्रमा असार भित्रै रोपाइँ सकिने छ ।

यो वर्ष प्रदेशभरिमा करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको उहाँले बताउनुभयो । यो वर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालले जनाएको छ । 

प्रदेशको कुल ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि १ लाख हेक्टर वरिपरि वर्षे धान लगाइने रेग्मीले बताउनुभयो ।  हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ ।