• १३ साउन २०८१, आइतबार

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार

काठमाडौँ, असार २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रस्ताव पेश गर्नुहुने र रास्वपाले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले पार्टीका सांसदहरुलाई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको पनि जानकारी दिनुभयो । बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले आफ्नो कार्य प्रगतिबारे जानकारी गराएको र सो विषयमा पनि छलफल भएको बताउनुभयो ।