• १२ साउन २०८१, शनिबार

नेपालको लगातार हार

blog

काठमाडौँ, असार २७ गते । नेपाली महिला क्रिकेट टोली बुधबार घरेलु टिम श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएको छ । नेपालको यो लगातार पराजय हो ।

नेपाल पहिलो खेलमा ३३ रनले हारेको थियो । श्रीलङ्कामा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०६ रन बनाएको थियो । सो पालिमा कविता कुँवरले ३४ बलमा सर्वाधिक २९ रन बनाउनुभयो । कप्तान इन्दु वर्माले पनि अविजित २८ रनको उपयोगी पालि खेल्नुभयो । 

श्रीलङ्काकी देउमी भिहन्गाले २० रनमा तीन र एस. सन्दिपनीले १३ रनमा दुई विकेट लिएर नेपाललाई सामान्य स्कोरमा रोक्नुभयो । घरेलु टिमले एक बल बाँकी छँदा छ विकेटको क्षतिमा १०७ रन बनाएर लक्ष्य हासिल गर्यो । श्रीलङ्काका लागि एन. सिनार्थनेले सर्वाधिक २७ रन बनाउनुभयो । नेपाली महिला टिम अहिले एसिया कप क्रिकेटको तयारीको क्रममा श्रीलङ्कमा रहेको छ । श्रीलङ्कामा नै एसिया कप हुँदै छ ।