• २० असोज २०८१, आइतबार

फुङ्लिङमा पहिरो झरेर घर र गाडीमा क्षति

blog

पहिरोसँगै झरेको ढुङ्गाले लागेर क्षति भएको बोलेरो जिप।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २३ गते। ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पहिरोले एक घर र गाडीमा क्षति गरेको छ। 

आइतबार दिउँसो माथिदेखि झरेको पहिरोले फुङ्लिङ नगरपालिका–६ बिहीबारे टोलका टासी तेन्जिङ शेर्पाको चारतले पक्की घर र सडकमा रोकी राखेको गाडीमा क्षति पुर्‍याएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार पहिरोले शेर्पाको घरको भुँइतलाको वाल गारो, रेलिङलगायतमा क्षति गरेको छ। यस्तै शेर्पाको घर नजिक सडकमा रोकी राखेको प्रदेश १–०१–००१ ज ३७३१ नम्बरको बोलेरो गाडी (जिप) लाई क्षति गरेको लुङगेलीले जानकारी दिनुभयो। 

पहिरोसँगै झरेको ढुङ्गाले लागेर गाडी पूर्णरुपमा क्षति भएको प्रहरी निरीक्षक लुङगेलीले बताउनुभयो। सो पहिरोले घर र गाडीमा क्षति गरे पनि मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।