• २३ असार २०८१, आइतबार

राष्ट्रिय जनगणना-२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक

blog

काठमाडौँ, असार २० गते । राष्ट्रिय जनगणना-२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमा २०७५ सालदेखि राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेका हरेक क्रियाकलापहरू समावेश गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बताउनुभयो । बाटो बनाउने मात्रै, बिल्डिङ बनाउने मात्रै, घर बनाउने मात्रै पुँजी नभएको भन्दै तथ्याङ्कलाई पुँजीको हिसाबले लिनुपर्ने बताउनुभयो ।

उहाँले तथ्याङ्क राष्ट्रको सम्पत्ति भएकाले तथ्याङ्कको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तथ्याङ्क कहिल्यै पनि पुरानो नहुने भन्दै तथ्याङ्कलाई प्रयोग गर्दै जानुपर्ने बताउनुभयो । उहाँले संस्मरण पुस्तक भविष्यमा नयाँ पुस्तका लागि विस्तृतीकरण गर्न, लागत अनुमान गर्न, बजेट अनुमान गर्न आवश्यक हुने बताउनुभयो ।

‘‘तथ्याङ्क भनेको एउटा पुँजी हो । तथ्याङ्कलाई पुँजीको हिसाबले लिनुपर्छ । हामीले बाटो बनाउने मात्रै, बिल्डिङ बनाउने मात्रै, घर बनाउने मात्रै पुँजी होइन । तथ्याङ्क पनि राष्ट्रको सम्पत्ति हो । यो सम्पत्तिलाई हामीले संरक्षण गर्नुपर्छ । तथ्याङ्क कहिल्यै पनि पुरानो हुँदैन । यसलाई प्रयोग गर्दै जानुपर्छ । यसले भविष्यको फोरकास्टिङ गर्नका लागि आवश्यक सहयोग गर्छ ।,’’  निर्देशक लामिछानेले भन्नुभयो, ‘‘यो संस्मरणको यो किताब पनि पुँजीको रूपमा रहनेछ । यसले आगामी पुस्तालाई यसको विस्तृतीकरण गर्न, लागत अनुमान गर्न, बजेट अनुमान गर्न हाम्रा जनशक्ति कति आवश्यक पर्दछन्, त्यो अनुमान गर्नका लागि, कस्ता कस्ता जोखिमहरू हुँदा रहेछन्, जनगणना गर्ने क्रममा कस्ता जोखिम हामीले व्यहोर्नुपर्‍यो र आगामी दिनमा जनगणना र सर्वेक्षणलाई पनि यसले गाइडलाइन गर्छ । यो किताबमा हामीले कुनैपनि क्रियाकलाप छुटाएका छैनौँ । २०७५ सालदेखि गरेका क्रियाकलापहरू यो पुस्तकमा छन् ।’’

उहाँले पुस्तकमा जनगणना गर्ने क्रममा कस्ता जोखिम आए र व्यहोर्नुपर्‍यो एवम् आगामी दिनमा जनगणना र सर्वेक्षणलाई पनि पुस्तकले दिशा निर्देश गर्ने बताउनुभयो ।