• २१ असार २०८१, शुक्रबार

तिस वर्षपछि सडक कालोपत्रे

blog

बाबुराम शर्मा 

दोलखा, असार १९ गते  । चरीकोटबाट प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर जाने चरीकोट–देउराली सडक ट्र्याक खुलेको ३० वर्षपछि कालोपत्रे भएको छ । 

पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमार्फत विस्तार भएको सडकको काम पूरा भएको छ । यो सडकमा कालोपत्रे भएपछि कालिञ्चोक जाने यात्रुलाई यात्रा सहज भएको छ । 

सडकको वाल, नाली, कलभर्टलगायतका पूर्वाधारका सम्पूर्ण संरचना पूरा भएपछि कालोपत्रे पूरा भएको सडकको अहिले रङरोगन र ट्राफिक चिन्हसमेत राखिएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर प्रतीक पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार निर्माण कम्पनीले सम्झौता अनुसारको काम सबै पूरा गरेको छ । अब अन्तिम बिल भुक्तानीको काम मात्रै बाँकी छ ।

देउरालीदेखि सुरु गरिएको कालोपत्रे अघिल्लो जेठमै एक किलोमिटर पूरा भएको थियो । एक वर्षअघि लगातार पानी परेर रोकिएको काम यस वर्ष समयमै पूरा भएको हो । साढे पाँच किलोमिटर सडक कालोपत्रे भएको छ । दुईतर्फी गाडी आवतजावत गर्न सकिने सडकको चौडाइ साढे छ मिटर छ । १८ महिनामा पूरा गर्ने गरी २०७९ भदौ २ गते जय धनन्जय÷गणेश कुण्ड÷भुजेल जेभी ओखलढुङ्गाले ठेक्कामा लिएको हो ।

निर्माण व्यवसायीका प्रतिनिधि सुदीप सुनुवारले समयमा ‘साइट क्लियर’ नहुँदा दुई महिना ढिला गरी पूरा भएको जानकारी दिँदै भन्नुभयो, “सिम्पानीमा दुई सय मिटर नयाँ ट्र्याक खोल्नु प¥यो । व्रmसर बन्द हुँदा बेलामा निर्माण सामग्री पाएनौँ ।”

सडक विस्तारका व्रmममा सबैभन्दा जटिल मानिएको भीमेश्वर नगरपालिका–६, सिम्पानीमा रहेको नेपाली सेनाको पश्चिमतिरको घेराबार सार्न, खानेपानीका पाइप र विद्युत्का पोल हटाउने काम ढिलाइ हुँदा काम नै ढिला भएको हो । ढल विकासको कामले सडकको सतह नै बिगारेकाले सुधार्न थप लगानी गर्नु प¥यो । निर्माण व्यवसायीले मूल्य अभिवृद्धि करसहित १२ करोड ९० लाख ४५ हजार रुपियाँमा कालोपत्रेलगायतका कार्य गर्ने गरी सम्झौता गरेको हो ।

सम्झौता अनुसारको समयमा काम पूरा नभएपछि तीन महिना म्याद थप भएको थियो । चरीकोटदेखि देउराली सडक तत्कालीन जिल्ला विकास समितिले २०५०।५१ मा ट्र्याक खन्न सुरु गरेको थियो । जिविसले सडक निर्माणका लागि डोजर ल्याएपछि सबैभन्दा पहिला यो सडक खनेको हो । देउरालीदेखि कालिञ्चोक सडक भने २०६२ पछि मात्रै ट्र्याक खुलेको हो ।

भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले सुस्ताउँदै गएको चरीकोट बजारलाई चलायमान बनाउन यो सडक महìवपूर्ण हुने बताउनुभयो । चरीकोटबाट कालिञ्चोक जाने सडक राम्रो नहुँदा मकैबारीबाटै पर्यटक कालिञ्चोक जाने गरेका छन् । चरीकोटका व्यवसायीले 

कालिञ्चोक जाने सडक एकतर्फी बनाउनुपर्ने माग गर्दै आएका छन् । पूर्वाधार विकास कार्यालयले कालिञ्चोक जाने देउरालीदेखि माथिल्लो सडक पनि सुधार गर्दै आएको छ ।

देउरालीदेखि कुरीसम्म १२ किलोमिटर सडक रहेको भन्दै पाँच किलोमिटर कालोपत्रे र ढलानका लागि ठेक्का आह्वान भएको नगरप्रमुख मानन्धरले जानकारी दिनुभयो ।