• १८ असार २०८१, मङ्गलबार

माछा मार्न गएका वृद्ध मृत फेला

blog

राममणि दाहाल

हेटौँडा, असार १६ गते । मकवानपुरको बकैया गाउँपालिका –३ स्थित लोहजर खोलामा स्थानीय एक वृद्धको डुबेर मृत्यु भएको छ । बकैया गाउँपालिका–३ हात्तीसुँडेका ७१ वर्षीय भीमबहादुर लुङ्वा माछा मार्न गएका बेला लोहजर खोलामा डुबी मृत अवस्थामा फेला परेका हुन् ।  

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार लुङ्वा माछा मार्न जान्छु भनी घरबाट गएकोमा घर फर्की नआएपछि निजका छोराहरूले खोजतलास गर्दैजाँदा घरबाट करिब पाँच सय मिटर पश्चिम लोहजर खोलामा डुबेर मृत अवस्थामा फेला पारेका थिए ।