• १४ असार २०८१, शुक्रबार

नेकपा एस गुल्मीद्वारा महाधिवेशन प्रतिनिधि छनोट

blog

गुल्मी समाचारदाता
गुल्मी, असार ११ गते ।
 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीले महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । यही असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुन लागेको १० औँ महाधिवेशनका लागि सात जना प्रतिनिधि सर्वसम्मत छनोट गरिएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राममल्ल ठकुरीले जानकारी दिनुभयो ।

१० औँ महाधिवेशनका यस जिल्लाको क्षेत्र नम्बर–१ बाट बालकृष्ण बराल र सुरेन्द्र कँडेल सर्वसम्मत प्रतिनिधि छनोट हुनुभएको छ । क्षेत्र नम्बर–२ बाट श्रीराम महत, राममल्ल ठकुरी र साबित्रा पाण्डे भण्डारी सर्वसम्मत प्रतिनिधि छनोट हुनुभएको हो ।

त्यस्तै, महाधिवेशनका लागि यस जिल्लाबाट केन्द्रीय सचिव रामकुमारी झाँक्री र केन्द्रीय सदस्य प्रमेश पोखरेल पनि आयोजकको तर्फबाट प्रतिनिधि छनोट हुनुभएको छ ।