• ९ मंसिर २०८१, आइतबार

दुई वर्षमा साढे नौ किलोमिटर कालोपत्रे

blog

इनरुवा ६ को कालोपत्रे सडक । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, जेठ २८ गते ।
 सुनसरीको इनरुवा नगरपालिका क्षेत्रको सबै भन्दा बढी कालोपत्रे इनरुवा ६ नम्बर वडामा भएको छ ।सङ्घीय, प्रदेश र स्थानीय सरकारको लगानीमा दुई वर्षमा इनरुवा ६ नम्बर वडामा साढे नौ किलोमिटर बाटो कालोपत्रे भएको हो ।

इनरुवा नगरपालिका ६ का वडा अध्यक्ष सुमन थापाका अनुसार आफू निर्वाचित भएर आएपछि इनरुवा–६ मा कालोपत्रेको आवश्यकता महसुस गरेर कतै भनसुन त कतै आफ्नै पहलमा बाटो कालोपत्रे गरिएको उहाँले बताउनुभयो ।

साबिक मधेश गाविस कार्यालय अगाडिदेखि मुख्य राजमार्गसम्म, भकनझोडादेखि रामधुनीको सीमासम्म र भित्री बाटोमा समेत कालोपत्रे भएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।

फरक प्रसङ्गमा थापाले विद्यालयहरूको नियमित अनुगमन नगर्दा शिक्षामा नकारात्मक असर परेको गुनासो गर्नुभयो । स्थानीय इनरुवा नगर शैक्षिक सुधार अभियानले विद्यालयको नगरबाट अनुगमन नहुँदा शैक्षिक गुणस्तरमा नकारात्मक असर परेको आरोप लगाएको बेला नगरपालिकाका प्रवक्ता तथा इनरुवा ६ का वडा अध्यक्ष थापाले समेत शैक्षिक गुणस्तर खस्केको बताउनुभएको छ ।