• १२ साउन २०८१, शनिबार

भित्तामा दोलखा चिनाउने चित्र

blog

चरीकोट, जेठ २८ गते । चरीकोटको सातदोबाटो चोकका सडक भित्तामा भीमेश्वर नगरपालिकाले भित्तेचित्र बनाउन थालेको छ । भीमेश्वर नगरपालिका–३ र ६ को सातदोबाटो चोकको झार झिकेर रङरोगन र चित्र बनाउन थालिएको हो । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरका अनुसार पर्यटकीय क्षेत्रका रूपमा विकाम गरी पर्यटक आकर्षित गर्न भित्तेचित्र निर्माण गरिएको हो ।

चोकका भित्तामा दोलखाको पर्यटन प्रवर्धन गर्ने गरी प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदा झल्कने चित्र बनाइने छ । भित्तेचित्र निर्माणपछि दोलखा आउने पर्यटकले जिल्लाका पर्यटकीय क्षेत्रका बारेमा जानकारी पाउने छन् ।