• १३ साउन २०८१, आइतबार

२०८४ का लागि केन्द्रित हुन महासचिवको निर्देशन

blog

कार्यक्रमलाई सम्वोधन गर्दै एमाले महासचिव शङ्कर पोखरेल । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ २५ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीका नेता, कार्यकर्तालाई २०८४ को चुनावमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । 

पोखरेलले शुक्रबार सर्लाहीको हरिपुरमा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराउँदै नागरिकका घर–घरमा पुगेर पिरमर्का सुन्ने र त्यसको समाधानका लागि ध्यान केन्द्रित गर्न भन्नुभएको छ । 

पोखरेलले सङ्गठन सुदृढिकरण गर्दै तल्लो तहसम्म कमिटी विस्तारमा लाग्न आग्रह गर्नुभयो । शपथ ग्रहण कार्यक्रमका विशिष्ठ अतिथि एमाले सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले अहिले पनि मधेश प्रदेशसभा पहिलो दल रहेको एमाले आगामी निर्वाचनमा सङ्घ तथा स्थानीय तहमा पनि पहिलो दल बन्नेगरी अघि बढेको बताउनुभयो । 

उहाँले पनि जिल्लास्थित नेता कार्यकर्तालाई कसरी बुहमत ल्याउने भनी तयारीमा लाग्न निर्देशन दिनुभयो । कार्यक्रमलाई पार्टीका नेता एवं रक्षामन्त्री हरिप्रसाद उपे्रती, एमाले मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, नेताहरु पुरुषोत्तम पौडेल, रेवती पन्त, गशेण प्रसाई, मनोजकुमार देवकोटा, रन्जना सरकारलगायतले सम्वोधन गर्नुभयो । 

महासचिव पोखरेलले कार्यक्रममा एमाले सर्लाहीका नवनिर्वाचित अध्यक्ष राजनारायण साहसहित अन्य पदाधिकारी, सदस्य र लेखा समितिका सदस्यलाई शपथग्रहण गराउनुभयो । जेठ पहिलो साता सम्पन्न एमाले सर्लाहीको नवौँ जिल्ला अधिवेशनले १२४ सदस्यीय जिल्ला कमिटी र छ सदस्यीय लेखा समिति सदस्य मतदानमार्फत चयन गरिएको थियो ।