• १३ साउन २०८१, आइतबार

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा एमाले मुख्यालयमा

blog

नेकपा (एमाले) मुख्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटा ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २५ गते । नेकपा (एमाले) को मुख्यालयमा सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन बारेमा अनुभव लिन नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नी सापकोटा च्यासल पुगेर त्यसबारे जानकारी लिनुभएको छ । नेता सापकोटा आज एमाले मुख्यालय पुगेर सोबारे जानकारी लिनुभएको हो । 


उपाध्यक्ष सापकोटालाई एमाले उपमहासचिव विष्णु रिमालले व्यवस्थापन गरिएको बारेमा जानकारी गराउनुभएको थियो । एमाले केन्द्रीय कार्यालय सुव्यवस्थित र आधुनिक प्रविधिलाई आत्मसात गर्दै चलेको बारेमा सिक्न र र व्यवस्थापकीय अनुभव लिन आफू एमाले कार्यालय पुगेको नेता सापकोटाले बताउनुभयो ।


सो अवसरमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव प्रतिप ज्ञवाली, नेता रिमाल, प्रचार विभाग सचिव गगन विष्टलगायतको सहभागिता थियो ।