• १८ पुस २०८१, बिहिबार

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक भोलिदेखि बन्द

blog

थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि सडक खण्ड ।

राममणि दाहाल

हेटौँडा, जेठ २४ गते । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नतिको क्रममा भोलि शुक्रबारबाट बन्द हुने भएको छ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मतको काम गर्न शुक्रबारदेखि असार २० गतेसम्मका लागि दिउँसोको समयमा बाटो बन्द गरिने भएको हो । 

सडक डिभिजन कार्यालय, काठमाडौँका इन्जिनियर रामकुमार श्रेष्ठले थानकोट–चन्द्रागिरि खण्डको सडक निर्माण सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी सडक बन्द गरेर काम गर्न   लागेको जानकारी दिनुभयो । 

उहाँले सडक मर्मतका क्रमममा आवागमन गर्न सुरक्षाको जोखिम रहेको भन्दै मर्मतको समय बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्णरुपमा सडक बन्द गरी निर्माण एवं मर्मत सुधार कार्य गर्नुपर्ने भएकाले सो समयमा सडक बन्द हुने बताउनुभयो । 

थानकोट चित्लाङ सडक खण्डको दुई भागमा सडक निर्माण सुधार कार्यका लागि गत वैशाखमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भ काम भइरहेको छ । सेतो पहरोदेखिको उच्च ग्रेड रहेको र सडकको चौडाइ कम भएको खण्डमा कटिङ र उकालो कम गर्ने लगायतका काम गरिने बताउँदै वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गर्नुभयो । 

उक्त सडक खण्डको निर्माण एवं मर्मत सुधार कार्य गर्न तीन करोड ९३ लाख रुपियाँमा ठेक्का लागेको छ ।