• १३ साउन २०८१, आइतबार

काठमाडौँ महानगरसँग समन्वयमा काम गर्न कांग्रेसको माग

blog

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी

काठमाडौँ, जेठ २४ गते । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबिच तत्काल समन्वय गर्न माग गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्नुहुँदै सांसद केसीले यस्तो माग गर्नुभएको हो । उहाँले सङ्घ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सङ्घर्षमा होइन समन्वयमा र सहअस्तित्वमा आधारित भएको बताउनुभयो । उहाँले यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको भन्दै स्थानीय तहसँग सङ्घ सरकारले गाईजात्रा देखाउनु राम्रो नभएको बताउनुभयो ।

उहाँले संविधानको अनुसूची ५, ६, ७, ८, ९ ले कार्यअधिकार स्पष्ट रूपमा तोकेको भन्दै सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबिच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकारमाथि गम्भीर प्रश्न उठेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सङ्घ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सङ्घर्षमा होइन समन्वयमा र उत्तेजनामा होइन सहअस्तित्वमा आधारित छ । यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको छ । संविधानको अनुसूची ५, ६, ७, ८, ९ ले कार्यअधिकार स्पष्ट रूपमा तोकेको छ । हाल सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबिच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकारमाथि गम्भीर प्रश्न उठेको छ ।’’

उहाँले सरकारले तत्काल समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले सरकारी पक्षले अहङ्कार, हुल उद्धत र झगडिया मानसिकता बोक्न नहुने बताउनुभयो ।