• १२ साउन २०८१, शनिबार

गणतन्त्र दिवस तीन दिन मनाइँदै

blog

विराटनगर, जेठ १५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले १७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

निर्णयमा सैबै सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था तथा आम जनसमुदायहरुले आ–आफ्नो कार्यालय परिसर, भवन तथा घरवरपर सरसफाइ गरी साेमबार साँझ दीपावली गर्ने, मगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगाडि बिहान ७ बजे सबै कार्यालय प्रमुखहरु, कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि एवं सुरक्षा निकायहरु उपस्थित भई प्रभातफेरि गर्ने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाका अनुसार जेठ १४, १५ र १६ गते आ–आफ्नो घरमा सरसफाइ गरी दीपावली गरी गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय भएको छ ।