• १२ साउन २०८१, शनिबार

स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना

blog

प्रहरीको गाडीमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया। तस्बिर : स्मृति मिश्र

स्मृति मिश्र

महेन्द्रनगर (धनुषा) जेठ १२ गते। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँ शुक्रबार राति अस्पताल भर्ना हुनुभएको हो।

टाउको दुःखाइ तथा रिंगटा लागेपछि प्रादेशिक अस्पताल जनकपुरधाममा राति ९ बजे भर्ना गरिएको थियो। अवस्था गम्भीर हुँदै गएको देखिएपछि फेरि १ घण्टामै जनकपुरधामको काव्या अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एंव प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिनुभयो। 

अस्पतालका सञ्चालक एवं वरिष्ठ फिजिसियन डा. एस.के सिंहले भन्नुभयो, “सिरोहियालाई अस्पताल ल्याउँदा श्वासप्रश्वासमा समस्या, छाती र टाउको दुःखाइ देखिएको थियो।’’  पुरानो रिपोर्ट हेर्दा कोलेस्ट्रेरोल बढेको पोटासियम कम थियो। सिटी स्क्यान, एन्जियोग्राफी गरेपछि हर्टको नसा थोरै ब्लकेज देखिएको छ।  ४८ देखि ७२ घण्टासम्म अवस्था नियन्त्रण भएन भने बाहिर पठाउनुपर्ने उहाँको भनाइ छ। 

सिरोहियालाई मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रल उच्च, पोटासियम कम जस्ता समस्या पहिलेदेखि नै रहेको पनि डा. सिंहले जानकारी गराउनुभएको छ।   

जिल्ला अदालत धनुषाले सिरोहियालाई हिजो शुक्रबार अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्ने फैसला गरेको थियो। दोहोरो नागरिकता लिएको आरोपमा सिरोहियालाई पक्राउ गरेको हो।