• ३ असार २०८१, सोमबार

संसदलाई विधिसम्मत रुपमा छलफलको केन्द्र बनाऔँ : सभामुख घिमिरे

blog

प्रतिनिधिा सभाका सभामुख देवराज घिमिरे शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, जेठ ११ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसम्मत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध जनाए पश्चात संसदमा बोल्नुहुँदै सभामुखले यस्तो आग्रह गर्नुभएको हो ।

सभामुख घिमिरेले संसद् विधिसम्मत रुपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न कार्यदल बनेको भन्दै सहकारी समस्या समाधान गर्नका लागि बनेको कार्यदललाई सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले संसदको कार्यभार पूरा गर्ने दायित्व सबैको भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सहकारी समस्या समाधान गर्नका लागि कार्यदललाई सहयोग पुर्‍याउन हुनेछ । संसदले पूरा गर्नुपर्ने राष्ट्रका लागि यो अधिवेशनमा गर्नुपर्ने काममा सहयोग पुर्‍याउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । संसदलाई विधिसङ्गत ढङगबाट छलफलको केन्द्र बनाऔं । त्यही अनुसार जानको लागि सम्पूर्ण माननीय सदस्यहरुलाई अनुरोध गर्दछु ।’’

सभामुखले बारम्बार आग्रह गर्दा पनि बैठक अगाडि बढ्न नसकेपछि आजका सम्पूर्ण कार्यसूची हटाउँदै जेठ १३ गते आइतबार ११ बजे बैठक बस्नेगरी स्थगित गर्नुभयो ।