• १३ साउन २०८१, आइतबार

विरोधबिच पनि मुख्यमन्त्री सोडारीद्वारा प्रस्ताव पेस

blog

विरोधकाबिच प्रस्ताव पेस गर्नुहुँदै मुख्यमन्त्री दीर्घबहादुर सोडारी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, जेठ ३ गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विरोधकाबिच विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेस गर्नुभएको छ ।

नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच जना प्रदेशसभा सदस्यहरुले प्रदर्शन जारी राखेको बेला उहाँले सदनमा प्रस्ताव पेस गर्नु भएको हो ।

मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया नै असंवैधानिक रहेको भन्दै दुवै पार्टीका प्रदेशसभा सदस्यहरुले प्रदेश सभामा विरोध जनाउनु भएको छ । अहिले मुख्यमन्त्रीको प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन भइरहेको छ ।