• ६ जेठ २०८१, आइतबार

एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल

blog

फाइल तस्बिर

रसुवा, वैशाख २५ गते । नेकपा (एमाले) को नवौँ रसुवा जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । आज सम्पन्न अधिवेशनले जर्नादन ढकालको अध्यक्षतामा नयाँ जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिवमा पेम्वा लामा, उपसचिवमाद्वय चमेली गुरुङ, र शुकबहादुर तामाङ रहनुभएको छ । 

सदस्यमा भवानीप्रसाद न्यौपाने, हेमनाथ खतिवडा, अम्बिका पौडेल, बेली बुलुन, प्रतिमा लामा, नवीना लामा, कुमार नगरकोटी, विष्णुप्रसाद पौडेल लगायत रहनुभएको छ । यसैगरी लेखा आयोगका संयोजकमा गोविन्द घिमिरे चयन हुनुभएको छ । यही वैशाख २२ गते पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । जिल्ला कमिटीको सबै पद  सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिनुभयो । रासस