• ४ जेठ २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ, वैशाख २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भेटवार्ता भएको हो ।

भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताउनुभयो । उहाँले संसद्को बजेट अधिवेशन बोलाउने मामिला संसद् र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘संसद्को अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो ।  प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो ।’’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुग्नुभएका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकी सिंहदरबारबाट बाहिरिनुभएको थियो ।