• ४ जेठ २०८१, शुक्रबार

आर्मीलाई महिला हक्कीको उपाधि

blog

उपाधिसँगै आर्मीका खेलाडी ।

काठमाडौँ, वैशाख १८ गते । छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । धुलिखेल खेल मैदानमा मङ्गलबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ४–१ गोलले हराउँदै आर्मीले उपाधि जितेको हो । 

आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गर्नुभयो । सीमा खड्का र कमला चन्दले एक एक गोल थप्नुभयो ।  गण्डकीका लागि सीतामाया बलले सान्त्वना गोल फर्काउनुभयो । आर्मीकी कमलदा चन्द प्लेअर अफ दि म्याच चुनिनुभयो । उपाधिसँगै आर्मीले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता गण्डकीले ७५ हजार रुपियाँ प्राप्त गरेको छ । 

प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकी सरस्वती तामाङ बेस्ट स्कोरर हुनुभयो । इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकि नमिता एसके  चुनिनुभयो । बेस्ट गोलकिपरमा गण्डकी कि गोमा परियार, बेस्ट डिफेन्डरमा आर्मीकी सरिता मेचे र आर्मीकै नीलिमा पाण्डे प्लेअर अफ दि टुर्नामेन्ट चुनिनुभयो । विभिन्न विधामा उत्कृष्टलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

प्रतियोगितामा आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो । विजेतालाई एमालेका नेता एवं पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटालगायतले पुरस्कार प्रदान गर्नुभयो ।