• ४ जेठ २०८१, शुक्रबार

इङ्गल्यान्ड ‘सी’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

blog

इङ्ल्यान्ड ‘सी’ विरुद्ध खेल्ने मैत्रीपूर्ण फुटबलका लागि तयारी गर्दै नेपाली टोली । तस्बिर : क्यान

काठमाडौँ, वैशाख १७ गते । इङ्गल्यान्ड ‘सी’ विरुद्ध खेल्ने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले मे ३ तारिख ब्रिटिस आर्मी र मे ६ तारिख इङ्गल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबल खेल्दै छ ।

टोलीमा रोजाइका रक्षक अनन्त तामाङ हुनुहुन्छ । दुवै खेल एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुनेछ ।

नेपाली टोली 

गोलरक्षक : किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार

रक्षक : विमल पाण्डे, रोहित चन्द, छिरिङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई र योगेश गुरुङ

मिडफिल्डर : फत्तेमान घले, मणिकुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई र मनिष डाँगी

स्ट्राइकर : अन्जन विष्ट, जिलेस्पी जङ्ग कार्की, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया र समीर तामाङ ।