• ९ वैशाख २०८२, मङ्गलबार

टी–२० विश्वकप : न्युजिल्यान्ड टोलीको घोषणा

blog

काठमाडौँ, वैशाख १७ गते । आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डले खेलाडी टोलीको घोषणा गरेको छ ।

न्युजिल्यान्ड क्रिकेट बोर्डले सोमबार केन विलियमसनको कप्तानीमा १५ सदस्यीय खेलाडी टोली घोषणा गरेको हो ।  विलियमसनका लागि यो छैटौँ विश्वकप हो । चोटका कारण आरम गरिरहनु भएका डिभोन कोन्वे पनि विश्वकप टोलीमा फर्किनु भएको छ ।

न्युजिल्यान्ड विश्वकपको समूह ‘सी’ मा रहेको छ । न्युजिल्यान्डले जुन ७ तारिख अफगानिस्तानसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । एजेन्सी 

न्युजिल्यान्ड टोली

केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, ग्लेन फिलिप्स, मिचेल स्यान्टनर, माइकल ब्रेसवेल, लोकी फर्गुसन, मार्क च्यापम्यान, डिभोन कोन्वे, म्याट हेनरी, ड्यारिल मिचेल, जिमी निशम, रचिन रविन्द्र, इश सोधी र टिम साउथी ।