• ३१ वैशाख २०८१, सोमबार

नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १६१ रनको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १६ गते । वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा जितका लागि नेपालाई वेस्ट इन्डिज ‘ए’ ले एक सय ६१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनायो । 

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ४३ रन बनाउनुभयो । यस्तै गुडाकेश मोतीले अविजित ३३ रन बनायो । कप्तान रोस्टन चेजले २३, ओपनर जोनसन चाल्र्सले ११, केसी कार्टीले १० र म्याथ्यु फर्डले अविजित ११ रन बनाउनुभयो । 

बलिङमा नेपालका सागर ढकाल र कुशल भुर्तेलले दुई दुई विकेट लिनुभयो । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झार्नुभयो । 

नेपाल आज बलियो वेस्ट इन्डिजविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिजमा २–० को अग्रता बनाउने लक्ष्यमा छ । यस्तै पाँच खेलको सिरिजमा वेस्ट इन्डिज पनि पहिलो जित निकाल्ने तयारीमा छ ।

पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दुई टोलीबिच तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ । 

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि सिरिज खेलेको हो ।