• ३० वैशाख २०८१, आइतबार

नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १६ गते । वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ रोजेको हो । 

नेपाल आज बलियो वेस्ट इन्डिजविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिजमा २–० को अग्रता बनाउने लक्ष्यमा छ । यस्तै पाँच खेलको सिरिजमा वेस्ट इन्डिज पनि पहिलो जित निकाल्ने तयारीमा छ ।

पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दुई टोलीबिच तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ । 

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि सिरिज खेलेको हो ।

नेपाले आज टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ । आज लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाललाई मौका दिईएको छ । 

नेपाली टोली 

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम र सागर ढकाल । 

वेस्ट इन्डिज ‘ए’  टोली 

रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स ।