• २४ वैशाख २०८१, सोमबार

एक किलो ७६८ ग्राम सुन र एक करोड ४३ लाख नगदसहित सात जना पक्राउ

blog

काठमाडौँ, वैशाख १४ गते । नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

शुक्रवार पत्रकार सम्मेलन गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारेमा जानकारी दिएको हो । पक्राउ पर्नेहरूमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, भारतको महाराष्ट्रका ३७ वर्षीय अमल विभूती, सोही स्थानका वर्ष १८ का प्रकाश विभूती र गणेशसतिस बाल्टे रहेको डिएसपी सुरक्षा केसीले बताउनुभयो । त्यस्तै उहाँले पक्राउ पर्नेहरूमा झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, सोही स्थानका वर्ष २२ का भरतराज खरेल र दार्चुलाका वर्ष २१ का आयुष बडू रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्ला काठमाडौँ कामनपा वडा नम्बर २४ दुच्छेनली टोलमा केही व्यक्तिहरूले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचना प्राप्त भएपछि यस कार्यालयबाट खटिएको टोलीले खोजी गर्दै जाँदा ७ जना व्यक्तिहरूलाई नगद र सुनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

बिहीबार न्युरोडको एक हुन्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरूलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।