• २३ वैशाख २०८१, आइतबार

वेस्ट इन्डिज ‘ए’ सँग खेल्ने नेपाली टोलीको घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १३ गते । वेस्ट इन्डिज ‘ए’सँग खेल्ने पाँच खेलको टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यना) ले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले सार्वजनिक गरेको खेलाडी सुचीमा ओमानमा हालै सम्पन्न एसिसी प्रिमियर कप खेलेको टोलीमा आरिफ शेखलाई समावेश गरेको छ । प्रिमियर कपमा वैकल्पिक खेलाडीमा रहनुभएको आकाश चन्दलाई पनि समेटिएको छ ।

वेस्ट इन्डिज ‘ए’ र नेपालबिच शनिबार देखि सिरिज सुरु हुनेछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजको दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेलिनेछ ।

वेस्ट इन्डिज ‘ए’ बुधबार काठमाडौँ आएको हो । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि सिरिज खेल्न लागेका हुन् । 

नेपाली टोली 

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, विवेक यादव र आकाश चन्द ।