• २२ वैशाख २०८१, शनिबार

गोरखापत्रमा फोटो प्रदर्शनी

blog

काठमाडौँ, वैशाख १३ गते ।  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गोरखापत्र संस्थानले पुराना तस्बिरहरूको प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बिहीबार अपराह्न ३ बजे उद्घाटन गर्नुहुने जनाइएको छ । 

वैशाख २३ गतेसम्म संस्थान भवनमा चल्ने उक्त प्रदर्शनीमा २०३० देखि २०६० सालसम्म गोरखापत्रका फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिरको अवलोकन गर्न सकिनेछ ।  सामाजिक परिवेश, जनजीवन, रहनसहन, ऐतिहासिक घटनाक्रमसँग सम्बन्धित तस्बिर प्रदर्शनीमा राखिने गोरखापत्र दैनिकका फोटोग्राफी विभाग प्रमुख रामप्रसाद हुमागाईंले जानकारी दिनुभयो । 

क्यामरा र तस्बिरसँग सम्बन्धित अन्य उपकरण पनि प्रदर्शनमा राखिने र इच्छुक जोकोहीले उक्त प्रदर्शनीको अवलोकन गर्न सक्ने गोरखापत्र संस्थानले जनाएको छ ।