• २४ वैशाख २०८१, सोमबार

महिला भलिबलमा एपिएफ र न्यु डायमन्ड विजयी

blog

पहिलो दिन प्रतिस्पर्धा गर्दै न्यु डायमन्ड र आर्मीका खेलाडी ।

काठमाडौँ, वैशाख १२ गते । एपिएफ र न्यु डायमन्ड  स्पोर्ट्स क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एपिएफले नेपाल पुलिस क्लब र न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ को समान सेटमा हरायो । 

पहिलो खेलमा न्यु डायमन्डले २५–१२, २५–१५, १७–२५, २५–२१ को जित निकाल्यो । दोस्रो खेलमा एपिएफले पनि विभागीय प्रतिद्वन्द्वी पुलिसलाई २५–२१, २५–२२, २५–१७, २५–१५ ले हरायो । 

प्रतियोगिताको राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गर्नुभयो । उद्घाटनका अवसरमा पुलिसकी खेलाडी पुनम चन्दलाई ५० हजार रुपियाँसहित सम्मान गरिएको थियो । 

राउन्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगितामा चार टोलीको सहभागिता रहेको छ । लिगको शीर्ष दुई टोलीबिच फाइनल हुनेछ । प्रतियोगिताको विजेताले चार लाख ९९ हजार, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार र चौथोले ६२ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, विधागततर्फ उत्कृष्टलाई २५ हजार र प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।