• २२ वैशाख २०८१, शनिबार

वेस्ट इन्डिज टोली नेपाल आइपुग्यो

blog

वेस्ट इन्डिजका खेलाडीलाई स्वागत गर्दै क्यानका ब्यवस्थापक एवं पूर्व कप्तान विनोद दास ।

काठमाडौँ, वैशाख १२ गते । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि सुरु हुने टी–२० सिरिज खेल्न वेस्ट इन्डिज टोली बुधबार काठमाडौँ आइपुगेको छ ।

वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध चर्चित खेलाडी खेलाउने भएको छ । वेस्ट इन्डिजले नेपालसँग खेल्न घोषणा गरेको खेलाडी टोलीको कप्तानमा ३२ वर्षीय रोस्टन चेश हुनुहुन्छ । चेशले वेस्ट इन्डिजका लागि ४९ टेस्ट, ४५ एक दिवसीय र ११ वटा टी–२० खेलिसक्नुभएको छ ।

दुई पटक विश्वकप जितिसकेको वेस्ट इन्डिजसँग नेपालले आसन्न आइसिसी टी–२० विश्वकप तयारीका लागि पाँच खेलको सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिजले पहिलो पटक नेपाल भ्रमण गरेको हो । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजको दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेलिनेछ । सिरिजको तयारीमा रहेको नेपालले टोलीको घोषणा भने गरेको छैन । 

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीमा कप्तान चेशसहित एलिक एथानाजे (उपकप्तान), जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, मार्क दयाल, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स रहनुभएको छ । 

वेस्ट इन्डिज टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का व्यवस्थापक एवं पूर्व कप्तान विनोद दासलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।