• २३ वैशाख २०८१, आइतबार

नेकपा एमाले स्थापनाको अवसरमा मन्त्री थपलियाद्वारा शुभकामना

blog

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, वैशाख १० गते ।
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पूरा भएको खुसियालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका थपलियाले सोमबार नेकपाको हीरक वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै जनताप्रतिको उत्तरदायी भूमिकामा अझै सक्रियता रहने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै देशमा राजनीतिक परिवर्तनका लागि एमाले पार्टी स्थापना गर्नुहुने संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलगायत संस्थापकहरु निरञ्जनगोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी, मोतिदेवी श्रेष्ठलगायतप्रति श्रद्धान्जलि व्यक्त गर्दै उच्च सम्मान व्यक्त गर्नुभएको छ । उहाँले पार्टीको हरेक तह र तप्कामा आबद्ध रहेर देश र जनताको मुक्तिका लागि योगदान पुर्‍याउँदै आफ्नो बलिदानी गर्नुहुने सहिदहरुमा स्मरणसहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।