• १२ साउन २०८१, शनिबार

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने नियन्त्रणमा

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख ९ गते ।  विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको छ । 

सिंहदरबारस्थित निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका कारण उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सिंहदरबारको निषेधित क्षेत्रमा अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका संयोजक मिलन राई, क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य अविनाश कुँवर र पार्टी सचिवालय सदस्य हरिकृष्ण गजुरेलको नेतृत्वमा आन्दोलन गर्ने १६ जनालाई पक्राउ गरेका छौँ ।”

उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।