• १९ वैशाख २०८१, बुधबार

बस र सुमो ठोक्किँदा सात घाइते

blog

केदार तिमल्सिना 

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु घाइते भएका छन् ।

जिल्लाको भकुण्डेबाट धुलिखेल आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस र धुलिखेलबाट भकुन्डेतर्फ जाँदै गरेको ना १ ज ४३७७ नम्बरको सुमो एकापसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

दुर्घटनामा सुमोमा सवार १० जनामध्ये चालकसहित सात यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा महोत्तरीको बर्दिबास बस्ने वर्ष ५२ की रासुदेवी महरा, महोत्तरी बर्दिबास बस्ने वर्ष ४८ की सुमिन्द्रदेवी, महोत्तरी ३ बस्ने ३९ की दुर्गा बराइली, सर्लाही, लालबन्दी बस्ने ३५ वर्षकी सबिना थपलिया, सर्लाही लालबन्दी बस्ने  सबिना थपलियाकी छोरी वर्ष ८ की सन्हया थपलिया,  महोत्तरीका सुमन बिक र चालक जिल्ला धनुषा यज्ञभूमि नगरपालिका –८ बस्ने वर्ष ५५ को बिषेश्वर बुर्गामगर घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइतेहरूको निधार, मुख र हातमा चोट लागेको अस्पतालले जनाएको छ ।