• १९ वैशाख २०८१, बुधबार

राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त

blog

डा. अन्जान शाक्य र तोयम राया

काठमाडौं , वैशाख ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा  मनोनीत गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम नेपाल सरकारको सिफारिसमा डा. शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको हो ।

यसैगरी, बिहीबारै राष्ट्रपतिले तोयम रायालाई महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपतिले रायालाई नेपालको संविधानको धारा २४० को उपधारा २ बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको जानकारी दिनुभयो ।