• २२ वैशाख २०८१, शनिबार

नेपाल मलेसियाविरुद्ध फिल्डिङ गर्दै

blog

काठमाडौँ, चैत ३० गते । एसीसी प्रिमियर कप टी–२० प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । ओमानको अल अमरेत मैदानमा मलेसियाले टस जितेर पहिले ब्याटिङ  गर्ने निर्णय गरेको हो । साविक विजेता नेपाल मलेसियाविरुद्ध सुखद सुरुवात गर्ने योजनामा छ । 

नेपाल प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ । एसीसी प्रिमियर कपको साविक विजेता नेपाललाई यसपटक उपाधि रक्षा गर्ने चुनौती छ । 

नेपाली टोली भारतको गुजरातमा आयोजित एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता खेलेर उतैबाट ओमान गएको हो । गुजरात र बरोडा क्रिकेट सङ्घ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन बनेको थियो ।