• २६ वैशाख २०८१, बुधबार

खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, चैत ३० गते । सर्लाहीको ब्रह्मपुरीमा खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ । 

चैते धान रोप्नका लागि ब्रह्मपुरी गाउँपालिका–२, का सत्यनारायण साहको खेत जोतिरहेका बेला ज १ त ४३१४ नम्बरको ट्याक्टरका चालक सोही ठाउँका २७ वर्षीय राजेश पासवानको मृत्यु भएको हो । पानी पठाइरहेको मोटरको तारमा ट्याक्टरले छुँदा करेन्ट प्रवाह भई चालक पासवान गम्भीर घाइते हुनुभएको थियो । 

उहाँको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याएको केही बेरमै चालकले मृत घोषणा गरेको सर्लाही प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । मृतक पासवानको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामै राखिएको छ ।