• ६ जेठ २०८१, आइतबार

चलचित्र ‘सारंग’ निर्माण हुने

blog

नेपाली चलचित्र ‘सारंग’ निर्माणबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन ।

काठमाडौं, चैत २९ गते । नेपाली चलचित्र ‘सारङ्ग’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी फिल्म निर्माणको घोषणा गरिएको हो । चलचित्रको निर्देशन प्रशान्त तामाङले गर्नुहुनेछ । चलत्रिचको कथा लेखन पनि तामाङकै रहेको छ ।

चलचित्रमा सम्राट् श्रेष्ठ, आदित्य कार्की, ऋचा शर्मा, उत्पाल झा, समीरमणि दीक्षित, सुरज तमु, मणिकुमार राई, अनिशा न्यौपाने, निरज ब्ल्याक, दीपक थापा र सुमनसागर जङ्ग केसी लगायतका कलाकारहरूको अभिनय रहनेछ । चलचित्रको सुटिङ कान्जिर नेशनल स्कुलमा हुनेछ ।