• २३ वैशाख २०८१, आइतबार

धितोपत्र बोर्डको अध्यक्षका लागि छानिए पाँच जना

blog

काठमाडौँ, चैत २७ गते । लामो समयदेखि रिक्त रहेको सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम छनोट भएको छ । 

बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनोट गरिएको हो । छनोट हुनेहरूमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ हुनुहुन्छ ।

छनोटमा परेकामध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बिमा समितिका पूर्वअध्यक्ष हुनुहुन्छ । यस्तै अधिकारी र श्रेष्ठद्वय बोर्डकै निर्देशक हुनुहुन्छ ।

प्रस्तुति र अन्तर्वार्ताका आधारमा अब तीन जनाको छनोट हुने छ भने दुई जना बाहिरिने छन् । यसरी छनोट भएका तीन जनामध्येबाट एक जनालाई नेपाल सरकार, मन्त्रीपरिषद् बैठकले बोर्डको नयाँ अध्यक्षका रूपमा नियुक्त गर्ने छ । सरकारले अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।

अध्यक्षबाट रमेश हमाल बाहिरिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्ष पद खाली भएपछि  आवेदन मागिएको थियो ।