• १९ वैशाख २०८१, बुधबार

नाउपा प्रदेश सभा सदस्य गिरी पदमुक्त

blog

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेश सभा समानुपातिक सदस्य इन्दिरा गिरी ।

प्रकाशविक्रम शाह

धनगढी, चैत २६ गते । सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेश सभा समानुपातिक सदस्य इन्दिरा गिरीलाई सोमबार (आज)  पदमुक्त गर्नुभएको छ । 

उन्मुक्तिका अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेश सभामा दर्ता गरेपछि सभामुखले उहाँलाई पदमुक्त गरेको सूचना सार्वजनिक गर्नुभएको हो । सभामुख भण्डारीले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न निर्देशन दिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रदेश सभामा सात सदस्य रहेको उन्मुक्तिका अब ६ सदस्य रहेका छन् । उन्मुक्तिले गिरीको ठाउँमा अर्को नेताको नाम सिफारिस गरेको बताइएको छ ।