• १३ साउन २०८१, आइतबार

संविधानले दिएका अधिकार प्रयोग गरौँ: प्रदेश प्रमुख मिया

blog

प्रकाशविक्रम शाह

धनगढी, चैत २५ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले नेपालको संविधान उत्कृष्ट रहेको बताउदै त्यसमा भएका आफ्ना अधिकार बुझेर अघि बढ्न थारु, मुस्लिम लगायतका पछाडि परेका वर्गलाई आग्रह गर्नु भएको छ । 

शनिवार साँझ थारु नेशनल म्युजिक अवार्ड २०८० को उद्घाटन गर्दे उहाँले भन्नुभयो, थारु र मुस्लिम समुदायले सङ्घर्ष गरेर मधेसी सूचीबाट हटाएर आफ्नो संविधानमै पहिचान र अधिकार स्थापित गर्न सफलता पाएको बताउनुभयो ।

प्रदेश प्रमुख मियाले  थारु लगायतका आदिवासी, जनजाति समुदाय नेपालको सुन्दर पक्ष भएको बताउँदै थारु समुदाय अपार संस्कृति बोकेको समुदाय भएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रम बर्दगोरिया इभेन्ट मेनेजमेन्टका प्रवन्ध निर्देशक हरेन्द्र चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य गीता चौधरी लगायतको उपस्थिति थियो । सो अवसरमा म्युजिक अवार्ड पनि वितरण गरिएको थियो ।